मोनिका ट्रष्टद्वारा जेहेन्दार र आर्थिक अवस्थाले कमजोर विद्यार्थीलाई कपडा सहयोग
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तरुण विभागका पूर्वसचिव श्याम श्रेष्ठले सामुदायिक विद्यालयका विद्यार्थीलाई कपडा वितरण गरेका छन् ।
आफ्नी जेठी छोरी स्व.मोनिका श्रेष्ठको स्मरणमा उनले नवलपुर जिल्लाको हुप्सेकोट गाउँपालिका– ६ मा रहेको सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कपडा वितरण गरेका हुन् ।
विद्यालयमा अध्ययनरत विद्यार्थी जो आर्थिक अवस्थाले कमजोर र जेहेन्दार छन् उनीहरूलाई सानो सहयोग गर्न पाउँदा खुसी लागेको श्रेष्ठले बताएका छन् ।
श्रेष्ठले भने, ‘मैले गरेको यो सहयोग सानो हो । तर, बेलाबेला ट्रष्टले नवलपुरका विभिन्न स्थानमा सहयोग गर्दै आएको छ ।’
मोनिका श्रेष्ठ मेमोरियल ट्रष्टले जेहेन्दार, आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई सहयोग गर्दै आएको छ ।
कपडा वितरण कार्यक्रममा नेपाली कांग्रेस नवलपुर क्षेत्र नं. २ का सभापति सूर्य गुरुङ, प्रदेश क्षेत्र नं. १ को सभापति रामचन्द्र भण्डारी, महाधिवेशन प्रतिनिधि भलमाया बिक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया