कथित जनयुद्ध दिवसमा प्रचण्डले दिए सार्वजनिक विदा

काठमाडौं । माओवादी केन्द्र नेतृत्वको कम्युनिस्ट पुतली सरकारले कथित जनयुद्ध दिवसको नाममा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

आइतबार गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर कथित जनयुद्ध दिवसका अवसरमा फागुन १ गते नेपाल राज्यभर सार्वजनिक विदा दिने गरेको जनाएको छ ।

गृह मन्त्रालयका सह–सचिव तथा प्रवक्ता जितेन्द्र बस्नेतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विक्रम संवत २०७९ साल फागुन १ गते सोमबारका दिन जनयुद्ध दिवसको अवसरमा नेपाल राज्यभर सार्वजनिक विदा दिने नेपाल सरकार, मन्त्रिपरिषदबाट मिति २०७९–१०–२९ गते निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

माओवादीको कथित जनयुद्धका विषयमा संविधान, र वृहत शान्ति सम्झौतामा उल्लेख छैन । माओवादीको कथित जनयुद्धलाई सशस्त्र द्वन्द्व भनिएको छ ।

कम्युनिस्ट प्रधानमन्त्री तथा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अनुकूल निर्णय गर्दै कथित जनयुद्ध दिवसका अवसरमा सार्वजनिक विदा दिएर सबैलाई जिल पारेका छन् ।

Published : Sunday, 2023 February 12, 6:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया