आकाशबाट अमेरिकाले खसालिदियो शंकास्पद वस्तु

काठमाडौं । अमेरिकाले आकाशमा उडिरहेको शंकास्पद वस्तुलाई खसालिदिएको छ ।

अमेरिकाले उत्तर अमेरिकी आकाशबाट अपरिचित वस्तुलाई खसालिदिएको बीबीसीले जनाएको छ ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले अपरिचित वस्तु अमेरिकाले आकाशबाट खसालेको जनाएका छन् ।

ट्रूडोका अनुसार सो वस्तुले क्यानडाको हवाई क्षेत्रको उल्लङ्घन गरेको छ । त्यसलाई उत्तर पश्चिम क्यानडाको युकनमा खसालिएको ट्रूडोले बताएका छन् ।

अपरिचित वस्तुको अवस्थिति थाहा पाउन क्यानडा र अमेरिकाका विमानहरू परिचालन भएका छन् ।

अपरिचित वस्तुलाई अमेरिकी लडाकु जेट एफ–२२ ले खसालेको छ ।

उत्तर अमेरिकामाथिबाट खसालिएको यो तेस्रो वस्तु हो । एक हप्ता अगाडि पनि शंकास्पद वस्तुलाई अमेरिकाले खसालिदिएको थियो ।

अमेरिकी सेनाले केही दिन अगाडि चिनियाँ बलुन ध्वस्त पारेको थियो ।

शुक्रवार एउटा सानो कारको आकारको अपरिचित वस्तु अलास्कामाथिबाट खसालिएको थियो ।

शनिबार क्यानडाका प्रधानमन्त्री ट्रूडोले आफूले अपरिचित वस्तु खसाल्ने आदेश दिएको बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडनसँग कुरा गरेर अपरिचित वस्तु खसाल्न आफूले अनुमति दिएको ट्रूडोले बताएका छन् ।

ट्विटरमार्फत प्रधानमन्त्री ट्रूडोले भने, ‘क्यानडाका फौजले अब उक्त वस्तुका भग्नावशेष सङ्कलन र समीक्षा गर्नेछन् ।’

अपरिचित वस्तु मध्य युकनमाथि झण्डै ४०,००० फिट (१२,००० मिटर) को उचाइँमा उडिरहेको थियो ।

शनिबार अपरिचित वस्तु उडेको विषयमा स्थानीय समयानुसार करीव ३ बजेर ४१ मिनेटमा थाहा भएको क्यानडाकी रक्षामन्त्री अनिता आनन्दले पत्रकारहरूलाई बताएकी छिन् ।

सानो र बेलनाकारको वस्तु रहेको बताउँदै उनले सो वस्तबारे थप विवरण थाहा पाउने प्रयासहरू भइरहेको बताएकी छिन् ।

क्यानडाकी रक्षामन्त्री आनन्दले अपरिचित वस्तुलाई अमेरिकी सीमाबाट झण्डै १०० माइल पर लगिएको बताएकी छिन् ।

उनले त्यसले नागरिक उड्डयनमा उचित खतरा देखाएको बताएकी छिन् ।

अपरिचित वस्तु गत शनिबार साउथ क्यारोलाइनाको तटबाहिर खसालिएको छ ।

त्यसबेला खसालिएको सन्दिग्ध चिनियाँ जासुसी बलुन ६० मिटर अग्लो थियो ।

ह्वाइटहाउसले उक्त वस्तुलाई पछिल्लो २४ घण्टामा पछ्याउँदै निगरानी गरिएको जनाएको छ ।

Published : Sunday, 2023 February 12, 10:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया