युवा व्यवसायी भण्डारीद्वारा २१ फिट अग्लो गणेशको मूर्ति स्थापना

काठमाडौं । युवा व्यवसायी मुकेश भण्डारीले इलाम जिल्लामा २१ फिट अग्लो गणेश भगवानको मूर्ति स्थापना गरेका छन् ।

माईजोगमाई गाउँपालिका– १ मा भण्डारीले गणेश भगवानको मूर्ति स्थापना गरेका हुन् ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भण्डारीको एकल लगानीमा २१ फिट अग्लो मूर्ति स्थापना गरिएको छ ।

मूर्ति स्थापना गर्न करिव २२ लाख लगानी भएको छ । सो लगानी व्यवसायी भण्डारीले गरेका हुन् ।

गणेश मूर्तिको विशेष समारोहका बीच अनावरण गरिएको छ ।

समाजसेवी एवम् व्यवसायी भण्डारीले नेपालमा धार्मिक पर्यटन व्यवसायीको ठूलो क्षेत्र रहेको बताएका छन् ।

उनले भने, ‘हाम्रो देशमा धार्मिक पर्यटनको ठूलो सम्भावना छ । पर्यटन व्यवसायबाट मुलुकको आर्थिक उन्नति गर्न सकिन्छ ।’

Published : Saturday, 2023 February 11, 4:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया