इन्टरपोलको एसियाली सम्मेलन सम्पन्न, आइजीपी सिंह सहभागी

काठमाडौं । संयुक्त अरब इमिरेट्सको अबुधाबीमा माघ २४ देखि २६ गतेसम्म संचालन भएको इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलन बिहीबार सम्पन्न भएको छ ।

नेशनल सेन्ट्रल ब्यूरो (एनसिबि) काठमाडौं नेपालका प्रमुख समेत रहेका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको नेतृत्वमा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रहरी उपरीक्षक अनुपमशम्शेर जबरा समेत उक्त सम्मेलनमा सहभागी भएका थिए ।

त्रि–दिवसीय सम्मेलनमा एसियाली मुलुकका प्रहरी प्रमुखहरू, इन्टरपोलका प्रतिनिधि मण्डल तथा विभिन्न सरोकारवाला निकायहरुबीच आर्थिक अपराध, मानव बेचबिखन, साइबर अपराध र आतंकवाद जस्ता अन्तरदेशीय अपराधहरूको नियन्त्रणका लागि आवश्यक प्रहरी समन्वय लगायतका विषयहरूमा बृहत छलफल भएको थियो ।

Published : Friday, 2023 February 10, 10:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया