भारतीय विदेश सचिव क्वात्रा नेपाल आउने
काठमाडौं । भारतका विदेश सचिव विनय क्वात्रा नेपाल भ्रमणमा आउन लागेका छन् ।
नेपाली समकक्षी परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालको निमन्त्रणामा क्वात्रा फागुन १ गते काठमाडौं आउन लागेका छन् । क्वात्रा फागुन २ गतेसम्म काठमाडौंमा बस्नेछन् ।
विदेश सचिवको कार्यभार सम्हालेपछिको यो क्वात्राको पहिलो नेपाल भ्रमण हो । भारतको विदेश मन्त्रालयका सचिव हुनुभन्दा अगाडि क्वात्रा नेपालका लागि भारतीय राजदूत थिए ।
दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परार भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकताअनुरुप यो भ्रमण हुन लागेको छ ।
भ्रमणका क्रममा विदेश सचिवद्वय क्वात्रा र पौड्यालले भारत र नेपालबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे व्यापक छलफल गर्ने भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
भारत र नेपालबीच सभ्यतागत एवम् ऐतिहासिक सम्बन्धरहेको छ ।
यसबीच भारतको सहयोगमा सम्पन्न भएका विभिन्न पूर्वाधार तथा सीमापार कनेक्टिभिटि परियोजनाले दुई देशबीचको द्विपक्षीय सहकार्य झन् बलियो भएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया