सेनाका यी उच्च अधिकृतहरूको बढुवा

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माद्वारा विभिन्न पदमा पदोन्नति भएका उच्च अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

मन्त्रिपरिषदले माघ २३ गतेको निर्णयबाट विभिन्न दर्जामा बढुवा गरेको थियो ।

बिहीबार सैनिक जंगी अड्डामा भएको कार्यक्रममा प्रधानसेनापति शर्माले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी कृष्णदेव भट्टलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

पदोन्नति भएका उपरथी कृष्णदेव भट्ट प्रबन्धरथी विभागको विभागीय प्रमुखमा नियुक्ति भएका छन् ।

शर्माले सहायक रथी दर्जामा पदोन्नति भएका महा–सेनानी र महा–सेनानी दर्जामा पदोन्नति भएका ४ जना प्रमुख सेनानीहरूलाई पनि पदोन्नति दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

Published : Friday, 2023 February 10, 12:03 am

फेसबुकबाट तपाईको प्रतिक्रिया