मोटरसाईकल धनीहरूलाई सरकारी छुट, अब मालामाल हुने
काठमाडौं । सरकारले मोटरसाईकलको कर फागुन महिनाभित्र तिर्नेलाई जरिवानामा छुट दिने जनाएको छ ।
यातायात व्यवस्था कार्यालयले सूचना जारी गरेर मोटरसाईकल धनीका लागि जरिवाना छुटको अफर ल्याएको छ ।
मोटरसाइकलको कर तथा नवीकरण शुल्क भुक्तानी गर्दा ५ वर्षसम्मको जरिवाना छुट हुनेछ । कर फागुन महिनाभित्र तिर्नुपर्ने हुन्छ ।
आर्थिक वर्ष २०७०/७१ देखि २०७५/७६ सम्म नवीकरण नभएका सवारीधनीले २०७९ फागुन मसान्तभित्र कर बुझाएमा जरिवानामा छुट हुनेछ ।
कार्यालयले आफ्नो नामको सवारीसाधनको समयमा नवीकरण गरी कर भुक्तानी गर्न सबैलाई आग्रह गरेको छ ।
ट्राफिक कारबाहीमा परी सवारीसाधन नियन्त्रणमा रहेकाहरूलाई पनि अविलम्व कर भुक्तानी गरी जरिवाना छुटको लाभ लिन कार्यालयले आग्रह गरेको छ ।
अन्यथा कर भुक्तानी नगरेकाको लगत संकलन गरी कडाईका साथ जरिवाना समेत उठाइनेछ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया