सुनसरीकी युनिसा काठमाडौंबाट पक्राउ, अष्ट्रेलियासम्म मसहुर
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनले २० वर्षीया स्वस्तिका श्रेष्ठ ‘युनिसा’लाई पक्राउ गरेको छ ।
सुनसरीको रामधुनी गाउँपालिका– ४ स्थायी घर भई काठमाडौंको नयाँबस्तीमा बस्दै आएकी युनिसालाई प्रहरीले मंगलबार पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
युनिसाले अष्ट्रेलियामा बस्दै आएकी आफ्नै केटी साथीको नाम र तस्वीर दुरुपयोग गरेर नक्कली फेसबुक, ईन्स्टाग्राम आईडी बनाएर ठगी गर्ने गरेको आरोप प्रहरीले लगाएको छ । युनिसाले विभिन्न बहाना बनाएर केटा साथीहरूसँग फेक आईडीमार्फत पैसा माग्ने गरेकी थिइन् ।
युनिसाले केटा साथीहरूलाई रिक्वेस्ट पठाउने तथा म्यासेन्जरबाट पैसा माग्ने कार्य गर्दै आएकी थिइन् ।
युनिसाका बारेमा प्रहरीमा उजुरी परेपछि काठमाडौंबाट पक्राउ गरेको छ । युनिसालाई प्रहरीले पक्राउ गरेर साईबर व्यूरो भोटाहिटीमा पठाएको छ ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया