तस्करी, सीमा र जघन्य अपराधको सफल अनुसन्धान गर्न आईजीपीको निर्देशन
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले तस्करी तथा सीमा अपराध नियन्त्रण एवम् जघन्य अपराधको सफल अनुसन्धानमा केन्द्रित रहेर काम गर्न निर्देशन दिएका छन् ।
सरूवा भई आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी अधिकृतहरूलाई आइतबार प्रहरी प्रधान कार्यालयमा निर्देशन दिँदै सिंहले
अपराधको सफल अनुसन्धानमा केन्द्रित रहेर काम गर्न आग्रह गरेका हुन् । उनले भन्सार नाकाबाट भित्रिएका सामानहरूको चेकजाँचमा कडाई गरी राजश्व संकलनलाई बढोत्तरी गर्न निर्देशन दिएका छन् ।
उनले स्थानीय निकाय तथा अन्य सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरी तस्करी नियन्त्रणमा अझ बढी आक्रमक भई काम गर्नुपर्ने बताएका छन् ।
सिंहले कार्यालय प्रमुखको रूपमा खटिँदा आफ्नो मातहतमा रहेका सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई समसामायिक विषयहरूमा निर्देशन दिनुपर्ने बताएका छन् ।
उनले गलत काम गर्नेलाई कारवाही तथा असल प्रहरीलाई पुरस्कृत गर्दै प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउनु पर्ने बताएका छन् ।
फरार अपराधी पक्राउ, गुण्डागर्दी, मिटर व्याजीविरुद्ध अझ बढी आक्रामक भएर काम गर्नुपर्ने उल्लेख गर्दै सिंहले विगतमा भएका पुराना घटनाहरूको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् ।
सिंहले प्रहरी अधिकृतहरूले आफ्नो क्षेत्रमा नागरिकले अनुभूति गर्ने गरी प्रहरीका दैनिक काम कारवाहीहरू थप नागरिकमैत्री बनाउनुपर्ने बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया