निर्वाचन प्रणालीले संवैधानिक संकट आउने देखेको छु : सांसद भट्टचन
काठमाडौं । एमालेका सांसद देवीप्रसाद भट्टचनले संवैधानिक संकट आउने सम्भावना आफूले देखेको बताएका छन् ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद भट्टचनले संविधानअनुसार निर्वाचन प्रणालीले गर्दा संवैधानिक संकट आउन लागेको बताएका हुन् ।
उनले भने, ‘संघीय परिषदको विशेष निर्वाचन प्रणालीले देशमा संवैधानिक संकटको अवस्था आउँछ भन्ने मलाई लागेको छ ।’
‘२०७४ सालको निर्वाचनमा सबैभन्दा ठूलो दल एमालेलाई, २०७९ को निर्वाचनमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई र गण्डकी प्रदेशमा नेपाली कांग्रेसलाई प्रत्यक्षबाट समानुपातिकबाट ९ जना हुँदा २७ जना हुँदा टाइ ब्रेक जस्तो भयो’, सांसद भट्टचनले भनेका छन् ।
उनले भने, ‘३३ प्रतिशत पु¥याउनुपर्ने हाम्रो बाध्यताले यसमा संवैधानिक संकट छिटो आउनेछ ।’
सांसद भट्टचनले हवाइ दुर्घटनासम्बन्धी विधेयकलाई छिटोभन्दा छिटो अगाडि बढाउन माग गरेका छन् ।
उनले नागरिकता र पानीजहाजसम्बन्धी विधेयकहरू अलपत्र परेको भन्दै ती विधेयकहरू अगाडि बढाउनुपर्ने बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया