उम्मेदवार बन्न नेताहरूको पुलिस रिपोर्टको व्यवस्थाको बतासद्वारा स्वागत
काठमाडौं । बतास समूहका अध्यक्ष एवम् प्रतिष्ठित व्यवसायी आनन्दराज बतासले उम्मेदवार बन्न पुलिस रिपोर्ट अनिवार्य गर्न लागिएकोमा स्वागत गरेका छन् ।
शनिबार अध्यक्ष बतासले ट्वीट गर्दै सांसदको उम्मेदवार बन्न पुलिस रिपोर्ट अनिवार्य गर्न लागेकोमा खुसीव्यक्त गरेका हुन् ।
उनले भनेका छन्, ‘सांसद् बन्न पुलिस रिपोर्ट अनिवार्य गर्न लागिएछ, राम्रै हो ।’
अध्यक्ष बतासले राजनीतिमा आउने नेताहरूको शैक्षिक योग्यता पनि तोक्नुपर्ने बताएका छन् ।
बतासले भनेका छन्, ‘विस्तारै शैक्षिक योग्यताको प्रमाणपत्र पनि अनिवार्य गरिदिने हो भने राम्रै परिणाम निस्केला कि !’
अमेरिकन नागरिक रवि लामिछानेलगायतका सांसदहरू अपराधसँग जोडिएपछि पुलिस रिपोर्टको कुरा उठेका बेला अध्यक्ष बतासले शैक्षिक योग्यताको कुरा पनि उठाएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया