ओलीले ‘राज्य कब्जा’ गर्न बनाएको जालको रहस्य रामहरि खतिवडाले खोलिदिए

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद रामहरि खतिवडाले राष्ट्रपति आफ्नो पक्षमा पारेपछि एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले राज्य कब्जा गर्ने बताएका छन् ।

आइतबार बिहान ट्वीट गर्दै खतिवडाले ओलीले राष्ट्रपति आफ्नो पक्षमा पार्न सफल भएपछि गठबन्धन पनि तोड्ने बताए ।

खतिवडाले भनेका छन्, ‘आज त नयाँ कुरा लिएर आए ‘बा’ । ओली बा !’

‘राष्ट्रपतिको निर्वाचनसम्म मात्रै अरे गठबन्धन, नियत स्पष्ट छ, बाटो क्लियर छ ! यो राष्ट्रपति आफ्नो लिएपछि राज्य कब्जा’, खतिवडाले भनेका छन् ।

‘सबैलाई यति कुरा बुझ्न गाह्रो नहोला नि ?’, कांग्रेस नेता खतिवडाले प्रश्न गर्दै भनेका छन् ।

एमालेका अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राष्ट्रपति निर्वाचनसम्म सरकारलाई दिएको समर्थन फिर्ता नलिन दवाव दिएका छन् ।

ओली निकै चुतर छन् । ओलीले राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवारलाई निर्वाचित गराएर सत्ता गठबन्धन भत्काएर नयाँ समीकरणमा जाने तयारीमा छन् ।

यो कुरा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रास्वपाका सभापति लामिछानेले समयमा बुझ्दा हुन्छ ।

Published : Sunday, 2023 February 5, 10:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया