प्रहरीको १०० मा सीआईबी प्रमुखको नाम नै थाहा छैन
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को प्रमुखको नाम १०० मा फोन उठाउने प्रहरीलाई थाहा छैन ।
शनिबार दिउँसो करीब १ बजे सीआईबीका प्रहरी प्रमुखको नाम के हो भनेर १०० मा जानकारी माग्दा ‘थाहा छैन’ भन्ने जवाफ आएको छ । सीआईबीको प्रमुखमा अतिरिक्त प्रहरी महानिर्देशक (एआईजी) उत्तमराज सुवेदी छन् । सीआईबीको प्रमुखबारे थाहा नहुने प्रहरी कर्मचारीहरू १०० मा फोन उठाउन र जानकारी दिन बसेका हुन्छन् ।
सीआईबीमा पनि फोन उठाउने प्रहरी कर्मचारीको हालत उस्तै छ । सीआईबीको प्रमुखको बारेमा जानकारी माग गर्दा तीन पुस्ते माग्ने गरिन्छ । जानकारी लिएपछि सीआईबी प्रमुखको फोन नम्बर वा सम्पर्क गराइदिनुपर्छ । तर, त्यसो गरिएन । सर्वसाधारणको पहुँचभन्दा बाहिर सीआईबी छभन्ने प्रमाण हो यो ।
नेपाल प्रहरी भनेको जनताको सेवा गर्न बसेको हो । मन्त्री वा सेलिब्रेटी होइन । सीआईबीका प्रमुखको फोन नम्बर माग्दा दिइएन । सर्वसाधारणले काम परेरै सीआईबीको प्रमुख वा प्रहरीका प्रमुखहरूको नम्बर खोज्ने हो । नम्बर नै पाएनन् भने कसलाई आफ्ना गुनासो गर्ने ? प्रश्न उठेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया