कांग्रेस सभापति बानियाँद्वारा भक्तपुरमा डेरी उद्योगको अवलोकन

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति ईन्द्रबहादुर बानियाँले कृषिमा आधारित उद्योग, व्यवसायको संरक्षण गर्नुपर्ने बताएका छन् ।

बुधबार भक्तपुरको खरिपाटीस्थित डेरी उद्योगको अवलोकनका क्रममा कृषिमा आधारित उद्योग, व्यवसायलाई सरकारले विशेष सहुलियत दिनुपर्ने बताए । उनले कृषिमा आधारित व्यवसायले गाउँसम्म रोजगारी सिर्जना हुने बताएका छन् ।

दुग्ध पदार्थको दिगो बजारीकरणबारेमा सभापति बानियाँले जानकारी लिएका छन् । उनले उद्योग सञ्चालनमा हुने कठिनाइलाई सहज गर्न आफ्नोतर्फबाट हुने सबै सहयोग गर्ने आश्वासन पनि दिएका छन् ।

बागमती प्रदेश सभाका सांसद समेत रहेका सभापति बानियाँसँगै प्रदेश सभा सदस्य प्रभात तामाङ र सुरेश श्रेष्ठ, चागुनारायण नगर प्रमुख जीवन खत्रीलगायतले उद्योगको अवलोकन गरेका थिए ।

Published : Wednesday, 2023 February 1, 1:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया