राष्ट्रपतिबारे कांग्रेस नेता भण्डारीको नयाँ खुलासा

दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले कांग्रेसको प्रस्तावमा राष्ट्रपति हुने बताएका छन् ।

मंगलबार नेपाली कांग्रेस तनहुँले दमौलीमा आयोजना गरेको कार्यक्रममा उनले राष्ट्रपतिमा कांग्रेसले उम्मेदवार प्रस्ताव गर्ने बताए । प्रतिनिधि सभाका सांसद समेत रहेका नेता भण्डारीले कसलाई उम्मेदवार प्रस्ताव गर्ने हो केही भनेका छैनन् ।

कांग्रेसलाई राष्ट्रपति दिँदा राष्ट्रिय सहमति हुनेहुँदा विकासका कामहरू गतिशील हुने नेता भण्डारीले बताएका छन् ।

कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको र माओवादी केन्द्रसँग चुनावी गठबन्धन गरिएकोले राष्ट्रपति कांग्रेसलाई दिन माओवादी केन्द्रले सहयोग गर्नुपर्ने भण्डारीको भनाई छ ।

कांग्रेस पार्टी विधान, मर्यादा नीति सिद्धान्त र जिम्मेवारीलाई प्रभाव नगरी जथाभावी ढङ्गले प्रस्तुत हुन नहुने भण्डारीको भनाई थियो ।

Published : Wednesday, 2023 February 1, 12:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया