रवि र उनका सांसदहरूबारे अधिवक्ता नेपालको टिप्पणी, कुरुप र घिन लाग्ने हर्कत

स्वागत नेपाल, अधिवक्ता

जुन देशमा नागरिकता दिने मन्त्रालयको मन्त्रीकै नागरिकता छैन । नागरिकता लिन लाइनमा भनेर झुठो फोटो त आयो । नागरिकता सोफामा बसेर लिनुभयो । मन्त्री खुस्किएपछि नागरिकता दिने मन्त्रालयको मन्त्री नागरिकता लिन गयो । मान्छेले यसलाई फेरि प्रशंसा गरे । यो संसारकै कुरुप चित्र थियो । संसारको घिनलाग्दो चित्र त्यही थियो । जहाँ नागरिकता दिने मन्त्रालयको मन्त्री नागरिकता रहेन रहेछ भनेर फेरि नागरिकता लिन गयो । यसको समाचार त त्यो हुनु पर्ने थियो । संसारको कुरुप र घिनलाग्दो चित्रमा यस्तो पात्र उभिइरहेको थियो । जसले सारा देशलाई ढाँट्यो । सारा जनतालाई ढाँट्यो । अदालतलाई ढाँट्यो ।

हाम्रो नेपालको पासपोर्ट देख्नेवित्तिकै विदेशीहरूले किन घृणा गर्छन् ? किन भने यो देशको गृहमन्त्री भन्नेसँग आफ्नै पनि राहदानी झुठो हुन्छ । त्यसैले नेपालको राहदानी संसारमा हेपिनेमा पहिलो छ । यसका कु–पात्रहरू यिनीहरू नै हुन् । देशका विरुद्ध जासुसी गर्नेलाई कारबाही गर्ने शासक चाहिएको छ ।

हामी सर्वसाधारण भएको भए हामी हिरासतमा हुने थियौं । नागरिकता दुरुपयोग गरेको विषयमा धेरै नागरिक हिरासतमा परेका छन् । राहदानी दुरुपयोग गरेको अभियोगमा धेरै सांसदहरू हिरासतमा परेका छन् । दोहोरो पासपोर्ट लिने मान्छेलाई पाँच वर्ष न्यूनतम कैद सजाय हुनेछ । अहिलेसम्म झुठ्ठा विवरण पेस गरेर राहदानीको दुरुपयोग गर्नेहरूलाई यसरी प्रमाणित भएकाहरूलाई १ वर्षभन्दा कम जेल नबसेको कोही छैन । सामन्तहरू, सुकिला मुकिला, पपुलरहरूका लागि बेग्लै कानून छ । सर्वसाधारणका लागि बेग्लै कानून छ ।

लामिछानेले व्यवस्था परिवर्तन होइन, अवस्था परिवर्तन गर्न आएको भनेको होइन ? आफ्नो अवस्था परिवर्तन गर्न रहेछ । त्यो त देखियो नि । एमालेको पार्टीका सांसदको टिकट कांग्रेसले दिन सक्छ ? सक्दैन नि हो त्यसै गरी नेपालको पार्टीको टिकट विदेशको नागरिकता भएको मान्छेले टिकट दिन सक्दैन । अदालतले भनेको त्यही हो ।

हामीले प्रश्न गर्नुपर्छ । जो मान्छे नेपाली नागरिक नै थिएन । जो मान्छेको हस्ताक्षर पार्टी सभापतिको रुपमा चल्दैनथ्यो । उहाँको हस्ताक्षरमा पार्टीको सांसद भएकाहरूको सांसद पद के हुन्छ ? हामीले यति धेरै अदालतले केही नगर्ला कि ? भनेर डराउँछौँ । तर, कानून बमोजिम उहाँको हस्ताक्षरले पार्टीको तर्फबाट मनोनयन दर्ता भएको हो नि ? पार्टीको तर्फबाट उम्मेदवार भएको हो नि ? उहाँले टिकट दिएको हो नि ?

एउटा विदेशीले नेपालको नेपाली पार्टीको लागि टिकट दिन सक्छ ? टिकट दिँदा उहाँले दिएको हस्ताक्षर चल्छ ? सभापतिको हैसियतमा उहाँको हस्ताक्षर नचल्ने भनेर सभापति पद नरहेको हो नि । अदालतले भनेको छ । जो मान्छे सभापति नै थिएन जसको हस्ताक्षर चल्दैनथ्यो उसको हस्ताक्षरमा पार्टीको उम्मेदवार बनेकाहरू ती सबै पार्टीको उम्मेदवार हुन सक्दैनन् । उनीहरू स्वतन्त्र सांसदहरू हुन् ।

एउटा विदेशीले नेपालमा टिकट वितरण गर्न पाउँदैन । कि नाम परतन्त्र पार्टी राख्नु प¥यो । स्वतन्त्र पार्टी राख्न मिल्दैन । विदेशीले टिकट दिएपछि सांसदका उम्मेदवार भयो । कि यो तर्कमा दम छैन ? उहाँ विदेशी नागरिक भएकाले हस्ताक्षर चलाउन नपाउने भनेको हो कि अदालतले । त्यो बेला विदेशी नै हुनुहुन्थ्यो ।

नेपाली नागरिकता नभएको एउटा विदेशीले कसरी नेपालको पार्टीको टिकट दिन सक्छ ? त्यसैले त्यो शून्य करार भयो । उहाँका सबै सांसदहरू स्वतन्त्र हुन् । पार्टीको ह्वीप लाग्दैन । प्राकृतिक नियम यही हो ।

निर्वाचन आयोगमा उहाँहरूका पार्टीका सदस्यहरूलाई स्वतन्त्र हक कायम गर्न माग गरेर निवेदन लिएर जाँदैछन् । अदालतमा जाँदैछ । संसद सचिवालयमा जाँदैछ ।

नैतिकता हुनुपर्दैन ? सामाजिक रुपले अनैतिक, धार्मिक रुपले पापी, कानूनी रुपले अपराधी सबै कुरा भएपछि मात्रै नेपाल मन्त्री हुन गृहमन्त्री हुन, उप–प्रधान हुन, प्रधानमन्त्री हुनलाई योग्यता पुग्दो रहेछ ।

अरु देशमा यसरी भरखरै नागरिकता लिएको मान्छेले धेरै वर्ष पूरा गरेपछि मात्रै साधारण नगरको प्रतिनिधि बन्न पाउँछ । उहाँले नागरिकता लिएपछि नेपाली नागरिकलाई ६ महिनाको लागि मन्त्री बनाउन पाइन्छ । त्यसको अर्थ लुट्ने ।

होइन लामिछानेजीलाई गृह मन्त्रालय दिने सहमति संविधानमा छ कि ? कानूनमा छ कि ? ऐनमा छ ? यो सहमति कहाँ छ ? सहमति केमा ? सबै मिलेर लुट्ने । हैन त ? सांसदको नाममा पैसा ल्याउने, पार्टीको खातामा हाल्ने, यही सहमति भएको होइन त ? उहाँ गृहमन्त्री भएपछि मीठो विश्वकर्मा आत्महत्या गर्नुभएको छ । कमलादीमा मोटरसाईकल वर्कसपको जगदीश अधिकारीले यस्तो देशको जनता भएर बस्नुभन्दा देहत्याग गर्छुभनेर के के गर्नुभयो ? भोजपुरकी योग मायाले आत्मदाह गरेपछि कयौँ महिलाहरूले आत्मदाहा गर्नुभयो ।

हाँस्यव्यङ्ग्य सहित्यकार भैरब अर्यालले आत्महत्या गर्नुपर्ने स्थिति आयो । भीमसेन थापाले आफैले सेरिएर आत्महत्या गर्नुपर्ने अवस्था आयो । झापामा पूजा कँडेलहरूले निरन्तर अनशन गरिरहेका छन् । पोखरा, माइतीघर मण्डलामा भइरहेको छ । देशभरि विद्रोह भइरहेको छ । प्रेमप्रसाद आचार्यका बारेमा चिन्ता छैन ।

गृहमन्त्री को हुने भनेर लागेका छन् मान्छेहरू । कृषिमन्त्री राम्रो चाहियो भन्ने कोही छैन । कृषिमन्त्री हुनुभन्दा गृहमन्त्री हुनुमा गर्भ गर्छन् । म किसानको छोरो । मैले मोटा धान एक किलो १६ रुपियाँमा बेच्छु । बिचौलियाले धानलाई कुटाएर त्यसको भुस १४ रुपियाँ किलोमा बेच्छ । चामल बेच्छ ५५ रुपियाँ किलोमा । खुदी बेच्छ ४५ रुपियाँ किलोमा । मेरो १६ रुपियाँमा किनेको धान । यो विषयमा कुनै गृहमन्त्री वा प्रधानमन्त्री कोही बोल्छ ? लुछाचुडी गरेर राजनीतिक दलको खातामा पैसा भइरहेको छ ।

सगरमाथाको प्रथम आरोही तेन्जिङ नोर्गे शेर्पा मर्ने बेला इण्डियाको नागरिकता लिएर मर्नु प¥यो । हामी पारिजात जसको अहिले बेलायतमा पढाइ हुन्छ शिरिसको फूल लगायतका पुस्तकहरू उहाँले नागरिकता पाउँन, नागरिकता नभएर विदेशमा उपचार गर्न जान पाइँन राहदानी नभएर भन्दैभन्दै रुँदैरुदै मर्नु पर्‍यो । नेपाल चलचित्रका द्वन्द्व निर्देशक गोपाल भुटानी नागरिकता माग्दामाग्र्दै मर्नु पर्‍यो ।

नागरिकता चनचुने कुरा हो ? उहाँ जुनदेशको नागरिक हुनुहुन्थ्यो नि ? अमेरिकाको, अमेरिकाको नागरिकता त्याग्ने मान्छेलाई अमेरिकामा फर्केर खुट्टा टेक्न पनि दिँदैन । भीषा दिने, मन्त्री हुने त कुरै छाड्नुस् । अमेरिका जान पाउनु हुन्न, अमेरिकाको कानूनमा त्यही छ ।

अमेरिकन नागरिकता उहाँले त्यागेको हुनुपर्छ पहिला । नागरिकता ऐनको दफा ११ ले क्रमशः व्यवस्था गरेको छ । नियमावलीले व्यवस्था गरेको छ । उहाँको नागरिकता त्याग गरेको निस्सा देखाएपछि नागरिकता पुनःप्राप्ति हुने हो । तर, सीडीओ कार्यालयमा लामिछानेजीले उताको नागरिकता त्याग गरिसकेको निस्सा बुझाएको सूचना माग गर्दा दिएको छैन । अध्यागमनले पनि दिएको छैन । नेपालमा लामिछानेले किन खेलाची ठानेको होला ?

राहदानी दुरुपयोग गरेको, झुठ्ठा विवरण प्रस्तुत गरेर राहदानी लिएको व्यक्ति लामिछाने हो । जुन नागरिकता नै उहाँको नागरिकता थिएन । निरन्तरता नपाएको नागरिकता थियो । लामिछानेजीले कायम नगरहेको नागरिकतालाई कायम छ भनेर झुक्काउनुभयो । अहिले केही मानिसहरू भन्छन् उहाँलाई अनागरिक बनाउने ? भनेका छन् ।

नेपालमा ओभर स्टे गरेको पैसा कसले तिर्छ ? उहाँले नागरिकता लिएको दिनसम्म नेपालमा ओभर स्टे गर्नुभएको थियो । हरेक दिनको पैसा तिर्नुपर्छ नेपाललाई । अरुलाई त यही हुन्छ त । अनि उहाँलाई हुनुनपर्ने ।

उहाँले अनागरिक भनेर कस्तो गैरजिम्मेवार जवाफ भएको छभने, आफैलाई थाहा रहेछ त ! उहाँलाई अहिले थाहा भएको हैन । र, उहाँले नेपालको पनि त्याग्नुभयो, अमेरिकाको पनि त्याग्नुभयो । नेपाल फर्केर आउँदा खुरुक्क फारम भर्नुस् न त भन्दा पनि त्यो भर्दिन भनेपछि उहाँले अमेरिकाको त्यागेपछि नेपालको नरहेपछि इण्डियाको नागरिकता पो लिन खोजेको थियो कि ?! कसरी थाहा पाउने ? चाइना, पाकिस्तान वा श्रीलंकाको लिन खोजेको थियो कि ? थाहा पाउने माध्यम भनेकै त्यो फारम भर्ने हो । त्यति भरिदिनुस् भन्दा भर्नु हुन्न । हो यो विषय मात्रै हाम्रो मुख्य विषय हो । बाहिर रहेका सम्पूर्ण जहाँ जहाँ नेपालीहरू छन् त्यो सबै ठाउँमा नेपाल पुगेको छ । नेपालीहरू छन्, नेपाली पुगेको ठाउँ नेपाल हो । उहाँहरू नेपाल आएर अंशबाट प्राप्त गरेको सम्पत्ति, कम्पनीहरू खोजेको छभने सबै सुरक्षित हुनुपर्छ । कानूनले व्यवस्था गरेको छ ।

नेपाल र अमेरिकाको नागरिकता लिने व्यवस्था अहिले पनि संविधानले गरेको छ । नागरिकताको प्रकार छ । एउटा गैरआवासीय नेपाली नागरिक । त्यसका लागि फारम भर्नुस् । एनआरएनएको सदस्य भइसकेपछि त्यसको फोटोकपी राखेर गैरआवासीय नेपाली नागरिकता पाउँ भनेर फारम भर्नुपर्छ ।

(टेलिभिजनसँगको अन्तर्वार्ताको सम्पादित अंशहरू)

Published : Wednesday, 2023 February 1, 12:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया