पर्यटन बोर्डका सीइओ डा.रेग्मीलाई पितृ शोक, मन्त्री किराँतीद्वारा श्रद्धाञ्जलि व्यक्त

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) डा.धनञ्जय रेग्मीका पिताको निधन भएको छ ।

काठमाडौंको कीर्तिपुरस्थित निवासमा डा.रेग्मीका पिता ७७ वर्षीय गोकुलप्रसाद रेग्मीको निधन भएको हो । शुक्रबार बिहान करीव ५ बजे निधन भएको सीइओ डा.रेग्मीले बताएका छन् ।

स्व.रेग्मीको शुक्रबार नै पशुपति आर्यघाटमा अन्तिम दाहासंस्कार गरिएको छ । रेग्मीको पार्थिव शरीरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आर्यघाटमै पुगेर अन्तिम श्रद्धाञ्जलि समेत दिएका छन् ।

बिक्रम संवत् २००३ साल जेठ ७ गते स्याङजाको पुतलीवजार नगरपालिका– ५ मा रेग्मीको जन्म भएको थियो ।

स्व.रेग्मीकी पत्नी कोपिलादेवी रेग्मी, छोरीहरू राधा रेग्मी गौतम, लक्ष्मी रेग्मी तथा छोराहरूद्वय डा.धनञ्जय रेग्मी, दधिराम रेग्मी रहेका छन् ।

मन्त्री किराँतीले बोर्डका कार्यकारी प्रमुख डा.रेग्मीका पिताको निधन भएकोमा दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन् ।

मन्त्री किराँतीले भनेका छन्, ‘नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीको बुवाको निधन भएकोले पशुपति आर्यघाटमा बुबाको पार्थिव शरीरमा फूलमाला चढाइ श्रद्धाञ्जलि र शोकाकुल परिवारजनप्रति गहिरो दुःख व्यक्त गरियो ।’

Published : Saturday, 2023 January 28, 8:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया