पूर्वसचिव खनाल र सरिताबीच दोस्रो विवाह

काठमाडौं । नेपाल सरकारका पूर्वसचिव रामेश्वर खनालले विवाह गरेका छन् ।

बिहीबार राजधानीमा पूर्वसचिव खनालले सरिता शर्मा पोखरेलसँग विवाह गरेका हुन् । खनाल र पोखरेलले एकल जीवन विताइरहेका थिए ।

प्रेममा परेका उनीहरूले घर परिवार र आफन्तसँगको सरसल्लाहमा विवाह गरेका हुन् ।

पूर्वसचिव खनालकी पत्नी सुचित्रा खनालको २०६७ सालको असोज २१ गते क्यान्सरका कारण निधन भएको थियो । त्यसपछि पूर्वसचिव खनालले एकल जीवन विताइरहेका थिए ।

पूर्वसचिव खनालसँग विवाह गरेकी सरिताका पतिको १९ वर्ष अगाडि निधन भएको थियो । त्यसपछि सरिता एक्लै थिइन् ।

पूर्वसचिव खनालकी एक छोरी छिन् । सरिताको पनि एउटी छोरी छिन् ।

हास्य अभिनेता हरिवंश आचार्यले पनि केही वर्ष अगाडि पत्नीको निधन भएपछि दोस्रो विवाह गरेका थिए ।

बैंकर रविना देशराज श्रेष्ठले पनि केही दिन अगाडि आफ्ना प्रेमीसँग वैवाहिक जीवन विताउने घोषणा गरिसकेकी छिन् ।

Published : Friday, 2023 January 27, 5:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया