पूर्वसचिव खनाल र सरिताबीच दोस्रो विवाह
काठमाडौं । नेपाल सरकारका पूर्वसचिव रामेश्वर खनालले विवाह गरेका छन् ।
बिहीबार राजधानीमा पूर्वसचिव खनालले सरिता शर्मा पोखरेलसँग विवाह गरेका हुन् । खनाल र पोखरेलले एकल जीवन विताइरहेका थिए ।
प्रेममा परेका उनीहरूले घर परिवार र आफन्तसँगको सरसल्लाहमा विवाह गरेका हुन् ।
पूर्वसचिव खनालकी पत्नी सुचित्रा खनालको २०६७ सालको असोज २१ गते क्यान्सरका कारण निधन भएको थियो । त्यसपछि पूर्वसचिव खनालले एकल जीवन विताइरहेका थिए ।
पूर्वसचिव खनालसँग विवाह गरेकी सरिताका पतिको १९ वर्ष अगाडि निधन भएको थियो । त्यसपछि सरिता एक्लै थिइन् ।
पूर्वसचिव खनालकी एक छोरी छिन् । सरिताको पनि एउटी छोरी छिन् ।
हास्य अभिनेता हरिवंश आचार्यले पनि केही वर्ष अगाडि पत्नीको निधन भएपछि दोस्रो विवाह गरेका थिए ।
बैंकर रविना देशराज श्रेष्ठले पनि केही दिन अगाडि आफ्ना प्रेमीसँग वैवाहिक जीवन विताउने घोषणा गरिसकेकी छिन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया