धन्दा गर्न विदेश उड्न लागेका पुरुष र महिला अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ

काठमाडौं । प्रहरीले अवैध रूपमा वाह्यय मुलुकतर्फ लैजान लागेको राहदानीसहित दुई जनालाई पक्राउ गरेको छ ।

१ सय १ थान र प्रहरी चारित्रिक प्रमाणपत्र ७९ थानसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–३ घर भएका ३८ वर्षीय अमित बोगटी र नवलपरासी (पूर्व) विनयी त्रिवेणी गाउँपालिका–७ घर भएकी ३८ वर्षीया सोनीकुमारी गुरुङ रहेका छन् ।

नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेका उनीहरूको लगेजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान पछाडि व्यागेज एरियामा एक्सरे गर्ने क्रममा लगेजबाट शंकास्पद रुपमा उक्त राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र बरामद भएको प्रहरीले जनाएको छ ।

सोधपुछको क्रममा उक्त राहदानीहरू रोमानियामा भिषा स्ट्याम्पिङ गर्नको लागि लान लागेको भनि वैदेशिक रोजगार विभागबाट जारी भएको भिषा स्ट्याम्पिङ निर्णय फाराम पेश गरेकोमा सो सम्बन्धमा अनुसन्धान गर्दा उक्त फाराममा उल्लेखित विवरण भएको राहदानीहरू र बरामद भएको राहदानीहरूको विवरण फरक पर्न आएको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्ज पठाइएको छ ।

Published : Friday, 2023 January 27, 2:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया