दाहाल बालकोट जान मानेनन्, आफै आए ओली

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष खड्गप्रसाद ओलीबीच भेटवार्ता भएको छ ।

सोमबार बिहान दाहाल र ओलीबीच भेटवार्ता भएको हो । दाहाललाई भेट्न ओली बालुवाटार पुगेका हुन् ।

दाहाल–ओलीबीच राष्ट्रपतिको निर्वाचनका विषयमा कुराकानी भएको बुझिएको छ ।

ओलीले एमालेलाई राष्ट्रपतिमा सहयोग गर्ने पूर्वसर्तअनुसार निर्णय हुनुपर्ने अडान राखेको बुझिएको छ ।

प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको धारणा अगाडि सारेको बुझिएको छ ।

एमालेका अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई आफ्नो निवास बालकोट बोलाउने गरेका थिए । ओलीलाई भेट्न दाहाल आजकाल बालकोट जान छाडेका छन् ।

दाहाल बालकोट नआएपछि भेट्न ओली बालुवाटारपुगेका छन् । नेपाली कांग्रेसलाई राष्ट्रपतिमा माओवादीले सहयोग गर्छ कि भन्ने डर एमालेलाई छ ।

Published : Tuesday, 2023 January 24, 4:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया