प्राधिकरणको भ्रष्टाचार र अनियमितता रोक्न माग गरेर काठमाडौंमा प्रदर्शन, ७२ जनालाई दिइयो श्रद्धाञ्जलि

काठमाडौं । ‘हामी नेपाली’मा आवद्ध युवाहरूले नेपाल नागरिक उड्डयन प्राधिकरणभित्रको भ्रष्टाचार, अनियमितताविरुद्ध र हवाई सुरक्षाको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।

शनिबार सयौँ युवाहरूले माइतीघर मण्डलामा हवाई सुरक्षाको माग गरेर प्रदर्शन गरेका हुन् । युवाहरूले प्राधिकरणको नेतृत्वको गलत कार्य, भ्रष्टाचार र अनियमितताका विरुद्ध प्रदर्शन गरेका हुन् ।

प्राधिकरणको नेतृत्वविरुद्ध नारा लेखिएका प्लेकार्ड बोकेर युवाहरूले प्रदर्शन गरेका छन् ।

प्राधिकरणको गलत कार्य र नीतिले पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटना हुँदा ७२ जनाको मृत्यु भएको थियो ।

‘हामी नेपाली’ समूहका युवाहरूले पोखरामा भएको जहाज दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

युवाहरूले प्राधिकरणमा सुधारको माग गरेर प्रदर्शनमा हस्ताक्षर अभियान चलाएका छन् ।

प्रदर्शनमा उत्रिएका युवाहरूले प्राधिकरणमा राजनीतिक नियुक्त बन्द गरि विशेषज्ञ र अनुभवी महानिर्देशक नियुक्त हुनुपर्ने माग गरेका छन् ।

१० वर्षभन्दा पुराना जहाजको आयात बन्द गर्न प्रदर्शनकारीले माग गरेका छन् ।

प्राधिकरणाई छुट्टै स्वतन्त्र नियामक निकाय बनाउपर्ने, पाइलट र चालक दलका सदस्यहरूलाई काम गर्ने वातावरण बनाउनुपर्ने लगायतका ८ बुँदे माग युवाहरूले राखेका छन् ।

चीनको दवावमा प्राधिकरणको नेतृत्वले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याएको दुई हप्ताभित्रै यती एयरलाइन्सको एटीआर जहाज दुर्घटना भएको छ । ७२ जनाको मृत्यु भएको छ ।

नेपालमा आन्तरिक उडानमा ठूलो दुर्घटना भएको यो पहिलो नै घटना हो । दुर्घटनाको कसैले पनि जिम्मेवारी लिएको छैन ।

Published : Saturday, 2023 January 21, 10:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया