काठमाडौंमा ‘सङ्गीत सुकुन’, प्रचण्ड–ओलीसहितका नेताहरू सहभागी

काठमाडौं । भारत स्वतन्त्रताको ७५औँ वर्ष र भारत–नेपालबीचको कूटनीतिक सम्बन्धको ७५ वर्ष मनाउन नेपालका लागि भारतीय राजदूतावासले काठमाडौंमा ‘सङ्गीत सुकुन’ नामक साङ्गीतिक कार्यक्रम गरेको छ ।

भारतीय साङ्गीतिक समूहकर्नाटिक २.० र नेपाली साङ्गीतिक समूह कुटुम्बले कन्सर्टमा आफ्नो साङ्गीतिक प्रस्तुति दिएका हुन् ।

भारतको ७४औँ गणतन्त्र दिवस पनि मनाइएको छ । कार्यक्रममा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका अध्यक्ष खड्गप्रसाद ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, वरिष्ठ नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, डा.अमरेशकुमार सिंह, राधिका शाक्य, हिसिला यमी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा परराष्ट्रमन्त्री विमला पौड्याल राई, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका आईजीपी धिरजप्रताप सिंहको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा कर्नाटिक २.० साङ्गीतिक समूहले परम्परागत कर्नाटक राग र पुराना बलिउड गीतलाई आधुनिक शैलीमा प्रस्तुत गरिएको थियो ।

नेपाली साङ्गीतिक समूह कुटुम्बले नेपाली मौलिक सङ्गीत प्रस्तुत गरेको छ । दुई साङ्गीतिक समूहले तालको पानी माछीले खानी… बोलको नेपालीलोक गीतपनि एक साथ प्रस्तुत गरे ।

भारतीयसाङ्गीतिकसमूहकर्नाटिक २.० ले कर्नाटक सङ्गीतको विभिन्न रागलाई पश्चिमासङ्गीतसँग संयोजन गरी सङ्गीतमा नयाँ प्रयोग गर्दै आएको छ ।

कर्नाटिक २.० ले शनिबार पाटन दरबार स्क्वायरमा साङ्गीतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ ।

Published : Saturday, 2023 January 21, 12:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया