पत्रकार कुबेर गिरीलाई राष्ट्रिय कला पत्रकारिता पुरस्कार प्रदान

काठमाडौँ । ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार २०७८’बाट पत्रकार कुवेर गिरी सम्मानित भएका छन् ।

शुक्रबार पत्रकार गिरीलाई राष्ट्रपतिको कार्यालयमा सम्मानित गरिएको हो । गिरीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कार प्रदान गरेकी हुन् ।

चलचित्र, गीत, संगीतको क्षेत्रमा जबरजस्त पत्रकारिता गर्दै आएका गिरी रातोपाटी डटकममा कार्यरत छन् ।

नेपाली गीत संगीतको क्षेत्रमा विशिष्ट योगदान पु¥याउने स्रष्टा सर्जकहरू मनबहादुर मुखिया, दीप तुलाधर, दीपानारायण झा, प्रदीपराज पाण्डे, फणिन्द्र राई, विके राना, कन्हैयासिंह परियार, शुभ मुकारुङ र अमर बान्तु तथा पत्रकार डब्बु क्षेत्रीलाई पनि सम्मान प्रदान गरिएको छ ।

एकनारायण भण्डारी, कालीप्रसाद बासकोटा, राज सिग्देल र माण्डवी त्रिपाठी, देवेन गिरी, दीपक शर्मा, कृष्ण काफ्ले र अस्मिता अधिकारी, चन्दनकुमार श्रेष्ठ, देवी घर्ती, रविन कार्की ढलीलगायतलाई पनि पुरस्कार प्रदान गरिएको छ ।

Published : Saturday, 2023 January 21, 11:39 am

फेसबुकबाट तपाईको प्रतिक्रिया