प्रेस युनियनको लुम्बिनी कार्यसमिति सर्वसम्मत

काठमाडौं । नेपाली कांग्रेस निकटका पत्रकारहरूको संस्था नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशको अध्यक्षमा सुदीप गौतम चयन भएका छन् ।

दाङको घोराहीमा माघ ५ र ६ गते सम्पन्न प्रथम अधिवेशनबाट गौतमको नेतृत्वमा कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

खुला उपाध्यक्षमा जयसिंह केसी, महिला उपाध्यक्षमा शारदा मल्ल, समावेशी उपाध्यक्षमा पहलमान घर्ती चयन भएका छन् ।

महासचिवमा नवीन गिरी, खुला सचिवमा सूर्य भुसाल, महिला सचिवमा कल्पना डुम्रे, समावेसी सचिवमा शम्शेरबिक्रम जिसी चयन भएका छन् । कोषाध्यक्षमा सीपी खनाल चयन भएका छन् ।

सदस्यहरूमा प्रकाश रेग्मी, वसन्त वन्जाडे, तेजेन्द्र केसी, सुदीप भण्डारी, गौरव गिरी, विष्णु आचार्य, पारस भण्डारी चयन भएका छन् ।

दिलीप खडका, प्रमोद आचार्य, विन शर्मा चापागाइँ, कृष्ण थापा, सुमन श्रेष्ठ, यमकला भुसाल, सीमा भट्टराई, ओमा कँडेल, पूजा पन्थी, दुखहरण यादव, रविन्द्र यादव, सुरेश परियार सदस्यमा चयन भएका छन् ।

लेखा समितिको संयोजकमा मुक्तिप्रसाद न्यौपाने तथा सदस्यहरूमा इन्द्रजित रेग्मी, प्रकाश घिमिरे चयन भएका छन् ।

अधिवेशन गराउनका लागि नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालसहितका पदाधिकारी घोराही गएका थिए ।

Published : Friday, 2023 January 20, 2:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया