नेपाल एयरलाईन्सको जहाज काठमाडौंमा अवतरण गर्न सकेन

काठमाडौं । नेपाल एयरलाईन्सको जहाज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि भारततर्फ फर्किएको छ ।

शुक्रबार बिहान भिजिबिलिटी कम भएपछि जहाजलाई कोलकाता फिर्ता पठाइएको हो ।

नेपाल एयरलाईन्सको जहाज मलेसियाको क्वालालम्पुरबाट नेपाल आउँदै थियो ।

जहाज काठमाडौंमा अवतरण गर्न नसेर फर्किएको त्रिभुवन विमानस्थलले जनाएको छ ।

नेपाल एयरलाइन्सको आरए–४१६ विमान काठमाडौंको आकाशमा फन्को मारेर कोलकातामा अवतरण गरेको छ ।

खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धेरै जहाज अवतरण हुन सकेका छैनन् ।

Published : Friday, 2023 January 20, 10:33 am

फेसबुकबाट तपाईको प्रतिक्रिया