जेसीसका माध्यमबाट परिवर्तन ल्याउनुपर्छ : सभापति बानियाँ

काठमाडौं । नेपाली कांग्रेस बागमतीका सभापति ईन्द्रबहादुर बानियाँले मनोहरा जेसीसलाई शुभकामना र बधाइ दिएका छन् ।

बुधबार काठमाडौंमा आयोजित मनोहरा जेसीसको ७औँ पदस्थापना तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै सभापति बानियाँले समाजमा जेसीसको माध्यमबाट सुधार गर्नुपर्ने बताए । उनले आफू पनि विगतमा जेसीसप्रति प्रतिवद्ध रहेको उल्लेख गरेका छन् ।

उनले जेसीसले समाजमा परिवर्तन ल्याउनुपर्ने बताएका छन् । जेसीसले सामाजिक गतिविधिमा अब्बल बनाएर समाजप्रतिको दायित्व पूरा गर्नेमा आफूले विश्वास लिएको बानियाँले बताए ।

Published : Wednesday, 2023 January 18, 11:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया