काठमाडौंमा ट्रक र मोटरसाईकल ठोक्किए, दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौं । काठमाडौं मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गोकर्णेश्वर नगरपालिका–५ शिवचोकमा यूपी ७८ एफसी १८४८ नम्बरको ट्रक र बा.८६ प ९७६५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक रामेछापको उमाकुण्ड गाउँपालिका–७ घर भएका २६ वर्षीय स्माइल सुनुवारको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

उता, बाराको कलैया उप–महानगरपालिका–१४ लक्ष्मीनियास्थित सडकमा म.प्र.–०३–०२५प३९५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका–१४ जीतपुर बस्ने ३५ वर्षीय अरुन चौधरीको मृत्यु भएको छ ।

यता, बागलुङको बागलुङ नगरपालिका–८ सिगानास्थित सडकमा बा.२ क ९२५८ नम्बरको टिपर सडकबाट करिब २ सय मिटर तल खसेर बुधबार बिहान दुर्घटना हुँदा चालक मकवानपुर हेटौंडा उप–महानगरपालिका–१४ बस्ने ४३ वर्षीय राजु मोक्तानको घटनास्थलमै मृत्यु भएको छ ।

रुपन्देहीको सैनामैना नगरपालिका–२ झारवैरा चोकमा लु.१ ख ८७८५ नम्बरको बसले लु.३ च ४३८४ नम्बरको पिकअप गाडीलाई बुधबार बिहान ठक्कर दिँदा पिकअपमा सवार शुद्धोधन गाउँपालिका–१ बेलवा बस्ने ३५ वर्षीय गोरक लोनियाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमाउपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका पिकअपमा सवार अन्य ८ जना र बसमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरेहको छ ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Wednesday, 2023 January 18, 10:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया