चौध जना ईन्स्पेक्टरहरूको काज सरुवा, धेरैको ईञ्चार्ज खोसियो

काठमाडौं । नेपाल प्रहरीले आफ्ना १४ जना प्रहरी निरीक्षक (ईन्स्पेक्टर)हरूको काज सरुवा गरेको छ ।

प्रहरी हेडक्वाटरले जिल्ला ट्राफिक प्रहरी कार्यालय, दाङका प्रमुख झविन्द्र परियारलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ काठमाडौंमा काज सरुवा गरेको छ ।

केही ईन्स्पेक्टरहरूको एक वर्ष नपुग्दै ईञ्चार्जको जिम्मेवारी खोसिएको छ ।

ईलाका प्रहरी कार्यालय हरिवनका मुकेश ताम्राकारलाई विपद व्यवस्थापन कार्याल सामाखुशी, वकिलबहादुर सिंहलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीबाट लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरमा काज सरुवा गरिएको छ ।

तेजबहादुर खत्रीको प्रदेश प्रहरी कार्यालय भैरहवा, किरणप्रकाश मल्लको जिल्ला ट्राफिक कार्यालय दाङमा काज सरुवा भएको छ ।

कृष्ण गिरीको ईलाका प्रहरी कार्यालय हरिवन, दीपेश खरेलको ईलाका प्रहरी कार्यालय मर्चवार, वीरेन्द्रसिंह जोहरीको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा काज सरुवा भएको छ ।

नवराज ढुंगेलको ईलाका प्रहरी कार्यालय कृष्णनगर, रीता पौडेलको ईलाका प्रहरी कार्यालय गैडाकोटमा काज सरुवा भएको छ ।

रोशन थापाको विशेष सुरक्षा गण ढल्केवर, प्रशान्त श्रेष्ठको प्रहरी शिक्षालय भरतपुर, शैलेन्द्र पाण्डेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा र लक्ष्मण केसीको ईलाका प्रहरी कार्यालय केशरजंग सर्लाहीमा काज सरुवा भएको छ ।

Published : Wednesday, 2023 January 18, 8:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया