एसएसपी कार्कीले काठमाडौंको कमाण्ड सम्हाले
काठमाडौं । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।
बुधबार एसएसपी कार्कीले काठमाडौं प्रहरीको जिम्मेवारी सम्हालेका हुन् ।
यसअघि कार्की प्रहरी प्रधान कार्यालय नक्सालमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थिए ।
एसएसपी कार्कीको पुस २८ गते काठमाडौं जिल्ला प्रहरी प्रमुखमा सरुवा भएका थिए ।
एसएसपी कार्कीले अपराध नियन्त्रण, जनताको जिउधनको सुरक्षा आफ्नो प्राथमिकतामा रहेको बताएका छन् ।
उनले प्रहरी कर्मचारीको मनोबल बढाउने र परिणाममुखी कार्यसम्पादनमा आफू केन्द्रित हुने उल्लेख गरेका छन् ।
एसएसपी कार्कीले कार्यालय मातहत वृत्त, प्रभाग प्रमुखहरूलाई शान्ति सुरक्षासम्बन्धी आवश्यक निर्देशनसमेत दिएका छन् ।
यसअघि, कार्कीले एसपी रहेका बेला जिल्ला प्रहरी कार्यालय कास्की र कपिलवस्तुको जिम्मेवारी सम्हालीसकेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया