उप–प्रधान तथा उर्जामन्त्री भएको २४ घण्टाभित्र लिङ्देनले शाहीलाई दिए जिम्मेवारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधि सभाको प्रमुख सचेतकमा ज्ञानबहादुर शाही ‘ज्ञानेन्द्र’लाई नियुक्त गरेका छन् ।

उप–प्रधानमन्त्री एवम् उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री नियुक्त भएको २४ घण्टाभित्रै राप्रपाका अध्यक्ष लिङ्देनले शाहीलाई मुख्य सचेतक पदमा नियुक्त गरेका हुन् ।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बुधबार विज्ञप्ति जारी गरेर शाहीलाई प्रमुख सचेतक पदमा नियुक्त गरेको जानकारी दिएका छन् ।

मन्त्री बन्न नपाएपछि सांसद शाही बुरुक बुरुक गरिरहेका बेला मुख्य सचेतक पद पाएका छन् ।

Published : Wednesday, 2023 January 18, 11:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया