कांग्रेस केन्द्रीय सदस्य थापाले दिए सिधुवाका पीडितलाई राहत

धनकुटा । सूर्यबहादुर थापा प्रतिष्ठानले धनकुटाका आगलागीमा परेर पीडित बनेकाहरूलाई राहत प्रदान गरेको छ ।

फाउण्डेशनले छथरजोरपाटी गाउँपालिका ६ सिधुवा बजारका आगलागी पीडित परिवारलाई राहत प्रदान गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापाले राहत सामग्री पठाएका हुन् ।

धनकुटा कांग्रेसका सभापति दिनेश राई, जिल्ला सचिव विजयसन्तोषी राई लगायतको टोलीले राहत वितरण गरेको छ ।

पीडितहरू ललिता राई, झमक थापा, सन्तबहाुदर राई, यमबहादुर मस्राङ्गी, लीलामाया थापा, अर्जुन घिमिरे, डिगबहादुर खड्का र डम्वरबहादुर थापाको परिवारलाई वितरण गरिएको छ ।

केही दिन अगाडि विद्युत् सर्ट भई सिधुवा बजारमा आगलागी भएको थियो । आगलागीबाट ८ घरपरिवारले क्षति व्यहोर्नु परेको थियो ।

Published : Wednesday, 2023 January 18, 9:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया