प्रतिनिधि सभाका सांसद थकालीलाई काठमाडौंमा सम्मान

काठमाडौं । प्रतिनिधि सभाका सांसद योगेश गौचन थकालीलाई ‘तन्चाङफेवे समिति काठमाडौं क्षेत्र’ले सम्मान गरेको छ ।

सोमबार काठमाडौंको बालाजुस्थित थकाली समाजको भवनमा आयोजित विशेष कार्यक्रममा योगेशलाई बधाइ दिनुका साथै सम्मान गरेको हो ।

योगेश प्रतिनिधि सभाको मंसिर ४ गतको निर्वाचनमा नेपाली कांग्रेसबाट मुस्ताङ जिल्लाबाट निर्वाचित भएका हुन् । उनी सानो उमेरका सांसद हुन् ।

योगेश २९ वर्षको उमेरमा थकाली समुदायबाट प्रतिनिधि सभामा निर्वाचित भएकोमा तन्चाङफेवे समितिले सम्मान गरेको कार्यक्रममा जानकारी दिइएको छ ।

समितिका अध्यक्ष चन्द्रमान गौचनले प्रतिनिधि सभाका सांसद योगेश गौचन थकालीलाई सम्मान गरेका हुन् ।

कार्यक्रममा तन्चाङफेवे समुदायबाट विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गरेका व्यक्तित्वलाई समेत सम्मान गरिएको छ ।

नेपालभर छरिएर रहेका तन्चाङफेवे समुदायका अग्रज व्यक्तिहरूको सहभागिता रहेको कार्यक्रममा आफ्नो समुदायको रीतिरिवाजलाई कायम राख्न नयाँ पुस्तालाई आग्रह गरिएको छ ।

कार्यक्रममा तन्चाङफेवे समुदायका जेष्ठ सदस्य, विद्यावारिधी गरेका, सांसद, समाजसेवी, आर्थिक सहयोग गर्ने लगायतका व्यक्तिहरूलाई पनि सम्मान गरिएको थियो ।

यसैबीच, तन्चाङफेवेको नवौं बृहत भेलामा भाञ्जा÷भाञ्जीहरूलाई मीष्ठान्न भोज पनि गराइएको छ ।

नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रोमी गौचन थकालीले ‘तन्चाङफेवे’ समुदायका प्रतिनिधि, अग्रजलगायतको उपस्थिति रहेको बताए ।

उनले भने, ‘थकाली समुदायमा पनि तन्चाङफेवे समुदाय छौँ । हामी सामाजिक कार्यमा कुनै भेदभाव नगरेर एकजुट भइ कार्य गर्दै आएका छौँ ।’

Published : Tuesday, 2023 January 17, 9:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया