कांग्रेसले कुन्दन काफ्लेको क्षमता बुझ्यो

काठमाडौं । नेपाली कांग्रेसले कुन्दनराज काफ्लेलाई बागमती प्रदेश सभाको मुख्य सचेतकको जिम्मेवारी दिएको छ ।

सोमबार हेटौँडामा बसेको कांग्रेसको संसदीय दलको बैठकले काफ्लेलाई मुख्य सचेतकको भूमिका दिएको हो ।

संसदीय दलका नेता बहादुरसिंह लामाले काफ्लेलाई मुख्य सचेतक पदमा मनोनीत गरेका हुन् ।

काफ्ले प्रदेशसभामा दोलखा १(१) बाट निर्वाचित सांसद हुन् । काफ्ले कांग्रेसको केन्द्रीय सदस्य पनि हुन् ।

काफ्लेले दोलखामा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई पराजित गरेका थिए ।

काफ्लेले २२ हजार ७ सय ९७ मत ल्याउँदा श्रेष्ठले १४ हजार ७ सय ५५ मत ल्याएका थिए । काफ्लेले ८ हजार ४२ मतान्तरले विजयी भएका हुन् ।

काफ्ले नेविसंघका पूर्वमहामन्त्री हुन् । उनी कांग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय सदस्यसमेत भएका थिए ।

दोलखामा २०५२ मा भीमबहादुर तामाङले जितेपछि कांग्रेसका कुनै उम्मेदवारले पनि जितेका थिएनन् ।

Published : Monday, 2023 January 16, 11:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया