जहाज दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति तरुण दलद्वारा श्रद्धाञ्जलि व्यक्त

काठमाडौं । नेपाल तरुण दलले यती एयरलाईन्सको जहाज दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ ।

आइतबार तरुण दलका अध्यक्ष विद्वान गुरुङले शोक वक्तव्य जारी गरेर ७२ जनाको ज्यान जाने गरी पोखरामा भएको जहाज दुर्घटनाप्रति दुःख व्यक्त गरेका हुन् ।

यती एअरलाईन्सको जहाज अवतरणका क्रममा पोखराको सेती नदीको खोँचमा खसेर दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनाको दुःखद् खबरले नेपाल तरुण दल केन्द्रीय समिति मर्माहत भएको अध्यक्ष गुरुङले जनाएका छन् ।

‘जहाज दुर्घटनामा ज्यान गुमाउनुभएका चालक दलका ४ सदस्यसहित ७२ जना यात्रुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछौं’, अध्यक्ष गुरुङले भनेका छन् ।

‘अत्यन्तै कहाली लाग्दो दुर्घटनामा ज्यान गुमाउनु भएका व्यक्तिहरूका परिवार एवं आफ्न्तजनमा नेपाल तरुण दल केन्द्रीय समिति हार्दिक समवेदना प्रकट गर्दछ’, शोक वक्तव्यमा भनिएको छ ।

Published : Sunday, 2023 January 15, 11:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया