जहाज दुर्घटनाको कारणहरू राहुलले खोले, प्राधिकरणलाई २ टुक्रा र यतीलाई बन्द गर्न प्रस्ताव

काठमाडौं । समाजसेवी युवा राहुल केसीले नेपाली नेपाल नागरिक उड्डयन प्राधिरकरणलाई दुई वटा बनाएपछि मात्रै नेपाली आकाश सुरक्षित हुने अन्यथा सधैँ काल पर्खिएर बस्नुपर्ने चेतावनी दिएका छन् ।

आइतबार बिहान पोखरामा यती एयरलाईन्सको जहाज दुर्घटना भएपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर युवा समाजसेवी केसीले यती एयरलाईन्सलाई पूर्ण रुपमा प्रतिबन्ध लगाउनुपर्ने सुझाव दिएका छन् ।

उनले भनेका छन, ‘म यो क्षेत्रको विज्ञ त हैन । तर, मेरो २४ वर्षे भाई जो अब नेपाली आकाशमा जहाज उडाउँदैछ उसको र उसले उडाउने सम्पूर्ण यात्रुको चिन्ताले यत्तिको जानकारी चाहिँ राख्छु ।’

केसीले भनेका छन्, ‘पहिलो कुरो, यती एयरलाईन्सलाई पूर्ण रुपले प्रतिबन्ध लाउनुपर्ने बेला उहिले नै भएपनि यसपालीको दुर्घटना प्लेन पुरानो भएको कारण चाहिँ होइन ।’

‘२००७ मा बनेको यो प्लेन अहिले बल्ल–बल्ल १५ वर्ष कट्यो’, केसीले भनेका छन्, ‘यद्दपि यती एयरलाईन्सलाई अहिले समेत बिदाइ नगर्ने हो भने हामी हाम्रो पालो पर्खेर बस्दा फरक नपर्ला ।’

उनले भनेका छन्, ‘यस्ता कैंयौ घटना भए र सामसुम पनि भए ।’

‘दोस्रो कुरो सिभिल र एभिएशन नितान्त अलग्गै कुरा हुन्, जबसम्म सिभिल ईन्जिनियरिङ र एभिएशन ईन्जिनियरिङलाई अलग्गै बनाइँदैन तबसम्म यस्ता घटना भैरहन्छन ।

‘तबसम्म हामी नेपाली एभिएशनलाई कालो सूचीमा राखिरहनेछौं भनेर ईयूले बारम्बार ताकेता गर्दा पनि पदको या कमिशनको लोभले पुल्चोक ईन्जिनियरिङ क्याम्पसका ईन्जिनियर र अहिलेका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले यो कुरो सुनेनन्’, केसीले भनेका छन् ,

‘यो गुनासो हरेक एयरलाईन्सभित्र सर्वविदित छ, बोल्ने हिम्मत कसैको भएन’, उनले भनेका छन् ।

केसीले भनेका छन्, ‘त्यसर्थ अल्पायुमै ज्यान गुमाउने ती ७२ जनाको पूरापूर जिम्मा नेपाल नागरिक उड्डयन प्राधिकरणले लिनुपर्छ किनकि स्ट्याण्डर्ड अपरेटिङ प्रोड्युसर (एसओपी) पूर्णत स्पष्ट नहुन्जेलसम्म चिनियाँ सरकारको दबाबमा या उसलाई खुसी बनाउन गौतम बुद्द विमानस्थल पनि असफल भएपछि यात्रुको चाप देखाउन हतारमा ७२ जनाको ज्यानको जुवा खेल्न हुँदैनथ्यो ।’

युवा समाजसेवी केसीले सम्पूर्ण मृत आत्माहरूमा हार्दिक समवेदना प्रकट गरेका छन् ।

युरोपियन युनियनले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गरेर दुई वटा बनाउन सुझाव दिँदै आएको छ । ईयूको सुझाव मान्ने हो भने नेपाली जहाजहरूलाई कालो सूचीबाट हटाउनेछ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणलाई फुटाएर सिभिल ईन्जिनियरिङ र एभिएसन ईन्जिनियरिङलाई अलग बनाएमा नेपाली आकाश सुरक्षित हुने ईयू र नेपाली जहाज कम्पनीहरूको सधैँ माग रहँदै आएको छ ।

कमिशन र कमाउ धन्दाका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सीमित स्वार्थ समूहको कब्जामा राखिएको छ ।

Published : Sunday, 2023 January 15, 10:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया