जहाज दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसले पोखरामा यती एयरलाईन्सको जहाज दुर्घटना भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

कांग्रेसले शोक वक्तव्य जारी गरेर काठमाडौंबाट पोखराका लागि आइत्बार बिहान १०:३० बजे उडेको चालक दलका ४

जनासहित ६८ यात्रु सवार रहेको यती एयरलाइन्सको ९ एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुर्घटना भएको घटनाप्रति सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका हुन् ।

सभापति देउवाले सबै संयन्त्रलाई परिचालन गरी उद्धार कार्यलाई तीव्र पार्न सरकार लगायत सम्वद्ध पक्षसँग आग्रह गरेका छन् ।

‘घटनामा परि दिवंगत हुनु भएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चीर शान्तिको कामनाका साथ शोकाकूल परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट हार्दिक समवेदना प्रकट गर्नुभएको छ’, कांग्रेसद्वारा शोक वक्तव्यमा उल्लेख छ ।

Published : Sunday, 2023 January 15, 1:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया