ओखलढुंगाका सैमल गुरुङलाई खतिवडाको शुभकामना, विकासमा केन्द्रित हुने प्रतिवद्धता

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद रामहरि खतिवडाले गुरुङ समुदायलाई ल्होसार र माघी पर्वको शुभकामना दिएका छन् ।

ओखलढुंगाबाट काठमाडौंमा आई बसोबास गर्ने तथा विभिन्न पेशा, व्यवसायमा संलग्न सैमल गुरुङ समुदायलाई ल्होसारको शुभकामना दिएका हुन् ।

सगरमाथा आखेलढुंगा सैमल गुरुङ (तमु) सेवा समाज, काठमाडौंले राजधानीमा आठौं वार्षिक साधारण सभा तथा ल्होसार बनभोज कार्यक्रम २०७९ को आयोजना गरेको थियो ।

कार्यक्रममा सहभागी सैमलु गुरुङ समुदायले नेता खतिवडालाई प्रतिनिधि सभामा निर्वाचित भएकोमा बधाइ तथा शुभकामना पनि दिएका छन् ।

उनीहरूले खतिवडालाई ओखलढुंगाको विकास र उन्नतिमा ध्यान दिन आग्रह गरेका छन् ।

खतिवडाले पनि ओखलढुंगाको विकासमा आफ्नो ध्यान केन्द्रित हुने बताएका छन् । उनले आफूलाई ओखलढुंगाका जनताले बेलाबेला दवाव र सुझाव दिइरहनुपर्ने पनि उल्लेख गरेका छन् ।

Published : Saturday, 2023 January 14, 11:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया