बुटवलका मेयर पाण्डेय अस्वस्थ्य, सरकारी अस्पताल भर्ना, कम्युनिस्ट जस्तो ढोँगी छैन कांग्रेस

काठमाडौं । बुटवल उप–महानगरपालिकाका नगर प्रमुख तथा नेपाली कांग्रेसका नेता खेलराज पाण्डेय अस्वस्थ्य भएका छन् ।

नगर प्रमुख पाण्डेय अस्वस्थ्य भएपछि अस्पताल भर्ना भएका छन् । उनलाई लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरेर उपचार भइरहेको कांग्रेसले जनाएको छ ।

नगर प्रमुख पाण्डेयले आफूलाई सरकारी अस्पतालमा भर्ना गर्न लगाएर उपचार गराएका हुन् ।

पाण्डेयले निजी अस्पतालमा उपचार गर्न सक्थे । तर, उनले आफूलाई सरकारी अस्पतालमै उपचार गराएर जनप्रतिनिधि र जनताका बीचमा कुनै भिन्नता गर्नु हुँदैन भन्ने सन्देश दिएका छन् ।

ढोँगी कम्युनिस्टहरूले सामान्य रुघा खोकी लाग्दा पनि सरकारी पैसामा निजीमा उपचार गराउन वा विदेश जाने गर्छन् ।

नगर प्रमुख पाण्डेय नेपाली कांग्रेस बुटवल उप–महानगर कार्यसमितिका सभापति पनि हुन् ।

यसैबीच, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणले नगर प्रमुख पाण्डेयको स्वास्थ्यका बारेमा जानकारी लिएका छन् ।

शनिबार बुटवलस्थित अस्पताल पुगेर पाण्डेयको स्वास्थ्यका अवस्थाका बारेमा जानकारी लिएका हुन् ।

Published : Saturday, 2023 January 14, 10:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया