श्रीलंका जस्तै हुन थाल्यो पाकिस्तान, ऋण दिएको चीनले मरिता हेर्दै

पाकिस्तान । पाकिस्तान चरम आर्थिक संकटतर्फ धकेलिंदै गएको छ ।

पाकिस्तानमा डलरको संकट चुलिएको छ । डलरको अभावमा आयात गरिएका हजारौं टन सामग्री बन्दरगाहमा थन्किएका छन् ।

पाकिस्तानले आटा, घ्यू, चिनीलगायतका सामग्रीको अभाव झेलिरहेको छ । पाकिस्तानमा दालको समेत हाहाकार हुन थालेको छ ।

पाकिस्तानमा छ वटा कन्टेर दाल बन्दरगाहमा थन्किँदा दाल अभाव भएको छ । बन्दरगाहमा अड्किएको दालको मूल्य डेढ अर्ब डलर रहेको जनाइएको छ ।

सिपिङ कम्पनीहरूले बन्दरगाहमा थन्किएको दालको ४ करोड ८० लाख डलर जरिवाना लगाएका छन् ।

कराँची खुद्रा ब्यापार संघले तत्काल दाल बन्दरगाहबाट छुटाउन नसक्ने हो भने नजिकिंदै गरेको रमजान पर्वमा दालको हाहाकार हुने चेतावनी दिइसकेको छ ।

पाकिस्तानमा उपभोग्य सामग्रीको मूल्य पनि महँगिएको छ । एक किलो प्याज किन्न २ सय ४० रुपियाँ तिर्नुपर्ने अवस्था छ ।

उर्जा खपत कम गर्नका लागि सपिङमल, बजार र सामाजिक उत्सवका कार्यक्रमहरू साँझ नपर्दै बन्द गर्न भनिएको छ ।

निरन्तर विदेशी मुद्राको सञ्चिति खुम्चिएर मुस्किलले एक महिनाको आयात धान्न सक्ने अवस्थामा पुगेको पाकिस्तानको नजर साउदी अरबतर्फ छ ।

तत्कालका लागि गत वर्षायाममा बाढीबाट पुगेको क्षति बापत प्राप्त हुने नौ अर्ब डलरबाट पनि संकटको सामना गर्ने पाकिस्तानी अधिकारीहरूको योजना रहेको छ ।

सरकारले विश्व बैंक, आइएमएफलगायत पश्चिमा दाताहरूसँग निरन्तर सम्पर्क गरे पनि उनीहरूले चासो दिएका छैनन् ।

चीनसँग निकट रहेको पाकिस्तानलाई आर्थिक संकेट परेको छ । चीनले पाकिस्तानमा ठूलो ऋण दिएको छ ।

यसअघि, श्रीलंकाले डलर अभाव र चरम आर्थिक संकटको सामना गरिरहेको छ । श्रीलंकामा पनि चीनको प्रवेशपछि आर्थिक व्यवस्था तहस नहस भइसकेको छ ।

Published : Thursday, 2023 January 12, 12:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया