काठमाडौंमा हिंदी दिवस भव्य रुपमा मनाइयो
काठमाडौं । नेपालका लागि भारतीय राजदूतावास र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय हिंदी विभागले संयुक्त रूपमा विश्व हिंदी दिवस मनाएका छन् ।
काठमाडौंमा आयोजित कार्यक्रममा भारतीय राजदूतावासका मिशन उप–प्रमुख प्रसन्न श्रीवास्तव र डा.संजीता वर्माको उपस्थिति रहेको थियो ।
त्रिभुवन विश्वविद्यालयका प्रतिनिधिहरूको पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।
हिंदी मंच नेपालका अध्यक्ष एवम् प्रतिनिधि सभाका सांसद मंगलप्रसाद गुप्ता कार्यक्रमका प्रमुख रहेका थिए । उनले हिंदीले नेपाल र भारतको सांस्कृतिक संबन्धलाई झन् प्रगाढ़ बनान अहम् भूमिका निभाएको बताएका छन् ।
उनले विश्वस्तरमा हिंदीको महत्व प्रासंगिक भएको बताएका छन् ।
भारतका प्रतिष्ठित भाषाविद् डा.विमलेशकांती वर्मा, नेपालका वरिष्ठ हिन्दी साहित्यकार गंगाप्रसाद अकेला, डा.रामदयाल राकेश विशिष्ट अतिथिका रुपमा उपस्थिति रहेका थिए ।
मिशन उप–प्रमुख प्रसन्न श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा दिइएको संदेश पढेर सुनाएका थिए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया