काठमाडौंमा हिंदी दिवस भव्य रुपमा मनाइयो

काठमाडौं । नेपालका लागि भारतीय राजदूतावास र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय हिंदी विभागले संयुक्त रूपमा विश्व हिंदी दिवस मनाएका छन् ।

काठमाडौंमा आयोजित कार्यक्रममा भारतीय राजदूतावासका मिशन उप–प्रमुख प्रसन्न श्रीवास्तव र डा.संजीता वर्माको उपस्थिति रहेको थियो ।

त्रिभुवन विश्वविद्यालयका प्रतिनिधिहरूको पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।

हिंदी मंच नेपालका अध्यक्ष एवम् प्रतिनिधि सभाका सांसद मंगलप्रसाद गुप्ता कार्यक्रमका प्रमुख रहेका थिए । उनले हिंदीले नेपाल र भारतको सांस्कृतिक संबन्धलाई झन् प्रगाढ़ बनान अहम् भूमिका निभाएको बताएका छन् ।

उनले विश्वस्तरमा हिंदीको महत्व प्रासंगिक भएको बताएका छन् ।

भारतका प्रतिष्ठित भाषाविद् डा.विमलेशकांती वर्मा, नेपालका वरिष्ठ हिन्दी साहित्यकार गंगाप्रसाद अकेला, डा.रामदयाल राकेश विशिष्ट अतिथिका रुपमा उपस्थिति रहेका थिए ।

मिशन उप–प्रमुख प्रसन्न श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा दिइएको संदेश पढेर सुनाएका थिए ।

Published : Tuesday, 2023 January 10, 11:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया