बसले ठक्कर दिँदा ३ वर्षीया बालिकाको मृत्यु

गैंडाकोट । नवलपरासीमा बसले ठक्कर दिँदा ३ वर्षीया बालिकाको मृत्यु भएको छ ।

मंगलबार गैंडाकोट नगरपालिका–१२ सुन्दरी चोक मठकुरी सालघारीस्थित सडकमा सूर्योदय बोर्डिङ स्कुलको ग.१ क २७५७ नम्बरको बसले ३ वर्षीया साइरा चुनी मगरलाई ठक्कर दिएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साइराको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा मृत्यु भएकी बालिका साइरा स्थानीय राजु चुनी मगरकी छोरी हुन् ।

प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Tuesday, 2023 January 10, 10:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया