ओली कसरी चिप्लिए ? विश्वप्रकाश शर्माले खोले कुरा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभाका सांसद विश्वप्रकाश शर्माले एमालेका अध्यक्ष खड्गप्रसाद ओली चिप्लिएको टिप्पणी गरेका छन् ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै शर्माले संसद बिघठन गरेको निर्णयलाई जस्टिफाइ गर्न खोजेको बताए ।

महामन्त्री शर्माले भने, ‘पूर्वप्रधानमन्त्री खड्गप्रसाद ओलीज्यूले हिजो पनि बोल्दै गर्दा संसद बिघठनलाई डिफेन्स गरेर बोल्नुभयो । र, आजफेरि उहाँले त्यसलाई थप फूलबुट्टा भर्दै के भन्नुभयो भने महेन्द्रले पनि बिघठन गरेका थिए, गिरिजाप्रसाद कोइरालाले पनि गर्नुभएको थियो, शेरबहादुर देउवाले पनि गर्नुभएको थियो ।’

‘यसमा एकदमै धेरै विमती छ । यसलाई उहाँले सहि ठहर्‍याउनु भएको हो ?’, उनले प्रश्न गर्दै भने, ‘गिरिजाप्रसाद कोइरालाले ०५१ सालमा गर्नुभएको मध्यावधिपछि जनताले हामीलाई दोस्रो दल बनाएका थिए । के त्यो सहि हो भनेर के हामी नै मान्द छौँ र ? मान्दैनौँ ।’

‘शेरबहादुर देउवाले गर्नुभएको विघठनपछि देश अफ्ठ्यारो अवस्थामा पुग्यो र आन्दोलनबाट स्थापित गर्नुप¥यो’, उनले भने, ‘त्यस कारण ती असफल बिघठनको उदाहरणलाई लिएर कमरेड केपी ओलीले सायद आफ्नो बिघठनको कुरालाई जस्टिफाइ गर्न खोज्दै गर्दा उहाँ चिप्लनु भयो ।’

‘र, उहाँले गलत उदाहरण दिएर आफ्नो गलत निर्णयलाई घुमाउरो ढंगले स्वीकार गर्नुभयो’, महामन्त्री शर्माले भनेका छन् ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीले विश्वासको मत दिनु भागी विवाह गरेको जोडीलाई बोलाएर टीका लगाउनुजस्तै भएको बताएका छन् ।

शर्माले पार्टीले दाहाललाई विश्वासको मत दिनु भागी विवाह गरेको जोडीलाई बोलाएर टीका लगाउनुजस्तै भएको बताएका हुन् ।
‘गाउँ वा सहरमा भागी विवाह गरेपछि परिवारबीच फरक विचार आउँछ’, उनले भने, ‘जोडीलाई परिवारले बोलाएर टीका लगाएको जस्तै भयो ।’

कांग्रेसको कार्यसम्पादनको बैठकमा महामन्त्रीद्वय शर्मा र गगन थापासहित प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र बलबहादुर केसीले फरक मत राखेका थिए ।

संसदीय दलको बैठकमा प्रदीप पौडेलले पनि फरक मत राखेका थिए । यसरी फरक मत राखे पनि पार्टीको निर्णयअनुसार नै विश्वासको मत दिनुपरेको शर्माले बताए ।

Published : Tuesday, 2023 January 10, 10:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया