सर्वाजनिक भयो ओलीको गोप्य चाल, मेटमणिले दिए ठूलो संकेत

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता एवम् प्रतिनिधि सभाका सांसद मेटमणि चौधरीले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको हातमा सत्ता पुग्यो भने संसद विघठन गर्ने सम्भावना देखिएको चेतावनी दिएका छन् ।

मंगलबार राति सामाजिक सञ्जालमा लेखेका नेता चौधरीले प्रतिनिधि सभाको बैठकमा ओलीको हाउभाउ निकै अस्वभाविक देखिएको बताएका छन् ।

‘नेकपा (एमाले)को अध्यक्षले प्रतिनिधि सभा बिघठनलाई जायज र संवैधानिक ठानेका छन् ।’

‘यो मान्यतालाई सदनबाट स्थापित गर्ने प्रयास भएको देखिन्छ’, उनले भने, ‘कुनै कारणले केपीको हातमा सत्ता पुग्यो भने पुनः संसद बिघठन हुने संभावना देखिन्छ ।’

नेता चौधरीले भने, ‘यो संभावनालाई कमजोर बनाउनको लागि नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायतका राजनैतिक दलहरू सरकारले मागेको विश्वासको मतको पक्षमा मतदान गरेको हो ।’

‘सदनमा बोल्दाको समयमा अध्यक्षको हाउभाउ हेर्दा हडबडाएको देखिन्थ्यो’, चौधरीले भने, ‘सायद कांग्रेस लगायत राजनैतिक दलहरू सरकारलाई समर्थन गर्दा प्रतिनिधि सभालाई बिघठन मुलुकलाई मध्यावधि निर्वाचनतर्फ लाने अध्यक्षको षड्यन्त्र बिफल भएकोले होला ।’

एमालेका अध्यक्ष ओलीले सोमबार र मंगलबारको प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने क्रममा विगतमा आफूले दुई पटक संसद विघठन गरेको निर्णयलाई जायज रहेको भन्दै मान्यता दिन खोजका थिए ।

ओलीले संसद विघठन गरेको कुरालाई लिएर दिएको अभिव्यक्तिको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जबरजस्त रुपमा विरोध गरेका थिए ।

Published : Tuesday, 2023 January 10, 9:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया