लोसपाले पनि प्रचण्डलाई विश्वासको मत दिने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ ।

कार्यकारिणी सदस्य केशव झाका अनुसार लोसपाले दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिनेछ ।

लोसपाले विश्वासको मत दिने वा नदिने भन्नेबारेको निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको थियो ।

प्रतिनिधि सभामा लोसपाका ४ सांसद छन् । चार जनाले प्रत्यक्षमा जितेका हुन् । लोसपाले राष्ट्रिय दलको मान्यता पाएको छैन ।

Published : Tuesday, 2023 January 10, 12:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया