माधव नेपालले प्रचण्डलाई साथ दिने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ ।

मंगलबार बिहान काठमाडौंमा बसेको एकीकृत समाजवादीको बैठकले सर्तसहित विश्वासको मत दिने निर्णय गरेको हो ।

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने, ‘सर्तसहित समर्थन गर्ने भन्ने निर्णय गरेको छ । अहिले विश्वासको मत दिन्छ ।’

एकीकृत समाजवादीले पार्टीका एजेन्डाहरू संसदमा राखिने र पूरा गर्न आग्रह गर्ने बताए ।

Published : Tuesday, 2023 January 10, 10:16 am

फेसबुकबाट तपाईको प्रतिक्रिया