चीनले ताइवानमाथि दादागिरी देखाउन थाल्यो

लण्डन । चीनले पुनः ताइवानको टापु नजिकै सैन्य अभ्यास सुरु गरेपछि ताइवानले यसको विरोध गरेको छ ।

गत महिना मात्रै सोही क्षेत्रम सैन्य अभ्यास गरेको चीनले पुनः अभ्यास थालेसँगै ताइवानले चीनको भर्त्सना गरेको छ ।

चीनले ५७ विमान परिचालन गरी सैन्य अभ्यास थालेको पुष्टि गर्दै ताइवानी रक्षा मन्त्रालयले चीनको यो कदमको प्रतिकार गर्ने चेतावनी दिएको छ ।

चीनले प्रजातान्त्रिक रूपमा शासित ताइवानलाई आफ्नो क्षेत्रको रुपमा हेर्ने र ती दाबी पुष्टि गर्न पछिल्लो समय सैन्य, राजनीतिक र आर्थिक दवाव बढाउँदै आएको छ ।

चीनले आफ्नो जनमुक्ति सेनाले तयारी गस्तीमात्रै गरेको दाबी गरेको छ ।

जवाफमा ताइवानको रक्षा मन्त्रालयले पछिल्लो २४ घण्टामा उसले ५७ चिनियाँ विमान र चार नौसेना जहाज टापुको वरिपरि परिचालन भएको दाबी गर्दै आक्रमणका लागि चीनले तयारी थालेको दाबी गरेको छ । एजेन्सी

Published : Monday, 2023 January 9, 10:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया