धरानमा भारतीय पेन्सन क्याम्पमा रक्तदान

काठमाडौं । ‘आजादीका अमृत महोत्सव’अन्तर्गत भारतीय राजदूतावास, पेन्सन भुक्तानी कार्यालय (पीपीओ), धरानले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

शनिबार नेपाल रेडक्रस सोसाइटी, सुनसरीको समन्वयमा आफ्नो परिसरभित्र रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा सुनसरी, धनकुटा, उदयपुर, मोरङ र झापा जिल्लाका भारतीय सेनाका भूतपूर्व सैनिक तथा आश्रित, राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरी, नेपाल ट्राफिक प्रहरी, नेपाली सेना, उपमहानगरपालिका, धरान, बिपीकेआईएचएस, दिल्लीका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

पब्लिक स्कुल धरान, कलेजका विद्यार्थी तथा नेपाली नागरिक तथा यस कार्यालयका कर्मचारीहरूको पूर्ण उत्साहका साथ सहभागिता रहेको थियो ।

पीपीओ धरानले २८३ पिन्ट रगत संकलन गरेको छ । नेपाल रेडक्रस सोसाइटीलाई व्यापक वितरणका लागि हस्तान्तरण गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटीका अनुसार यो आर्थिक वर्ष २०७९–८० मा सुनसरी जिल्लामा कुनै पनि संस्थाले एउटै रक्तदान शिविरमा रक्त पिन्ट संकलन गरेको यो सबैभन्दा धेरै हो ।

कार्यक्रममा धरान उप–महानगरपालिकाका उप–मेयर ऐनन्द्र बेघा, राष्ट्रिय अनुसन्धान विभागका उप–महानिरीक्षक कृष्ण खनाल, अर्थोपेडिक्स तथा न्युरोन विभागका प्रमुख डा.राजीव महर्जन, अर्थोपेडिक्स तथा न्यूरोन विशेषज्ञ डा.राजीव महर्जनलगायतको उपस्थिति रहेको थियो ।

बीपीकेआईएचएस धरानका आकस्मिक विभागका प्रमुख डा.प्रमिन्द्र प्रसाद गुप्ता, जिल्ला ट्राफिक प्रहरी सुनसरीका इन्चार्ज इन्स्पेक्टर श्यामकुमार बस्नेत, नेपाल प्रहरी विद्यालय धरानका इन्चार्ज इन्स्पेक्टर सुरज श्रेष्ठ र नेपाल रेडक्रस सोसाइटी सुनसरीका अध्यक्ष मृमेश थापाको पनि उपस्थिति रहेको थियो ।

मेजर भरत कनोजिया, इन्चार्ज अधिकृत, पीपीओ धरानले यस महान कार्यमा भाग लिने र यसलाई ठूलो सफलताको लागि योगदान पुर्‍याउनुहुने प्रत्येक व्यक्तिप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा यो संख्यामा थप सहभागी हुने आशा पनि व्यक्त गरेका छन् ।

Published : Monday, 2023 January 9, 10:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया