सरोज यादव दलको नेतामा चयन

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल (जसपा)को मधेश प्रदेश सभामा संसदीय दलको नेता पदमा सरोज यादव सर्वसम्मत भएका छन् ।

अध्यक्ष उपेन्द यादवले लालबाबु राउतलाई दलको नेतामा साथ नदिएपछि सरोजको भाग्य खुलेको छ । सरोजलाई अध्यक्ष यादवको आशीर्वाद छ । समीकरण मिल्यो भने सरोज मधेश प्रदेशको मुख्यमन्त्री बन्ने सम्भावना निकै छ ।

जसपाका मधेश प्रदेशमा १६ जना सांसद छन् । जसपा मधेश प्रदेशमा तेस्रो दल हो ।

यसअघि, राउत मधेश प्रदेशको मुख्यमन्त्री बनेका थिए । उनले ५ वर्ष मुख्यमन्त्री चलाए । तर, मधेशमा विकास हुन सकेन । बरु भ्रष्टाचार र बेथितिले चरम जरा गाढेको छ । राउत साईकलको भ्रष्टाचार काण्डमा समेत परेका थिए ।

राउतको पक्षमा जम्मा ४ जना सांसद थिए । ती सांसदले अन्तिम समयमा भोट नदिने हुन् कि भनेर डराएर राउतले संसदीय दलको नेता पदबाट आफूलाई ब्याक गराएका थिए ।

दलको नेतामा सर्वसम्मत भएका सरोज निवर्तमान सभामुख हुन् । सरोज बारा १ (२) बाट प्रदेश सभामा निर्वाचित भएका हुन् ।

Published : Monday, 2023 January 9, 8:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया