अमेरिकामा नेपाली मूलका लामिछानेको हत्या

कोलोराडो । अमेरिकाको कोलोराडोमा व्यवसाय गर्दै आएका नेपाली मूलका ५३ वर्षीय भेषराज लामिछानेको हत्या भएको छ ।

लामिछानेलाई हतियारधारीले गोली प्रहार गरी हत्या गरेका हुन् । लामिछाने व्हिटरिज, कोलोराडोमा व्यवसाय गर्दै आएका थिए ।
५ जनावरी बिहीबार लामिछानेलाई गोली प्रहार भएको थियो ।

घटनाबारे जानकारी पाएर प्रहरी घटनास्थल पुग्दा लामिछानेको मृत्यु भइसकेको थियो । घटनामा संलग्नको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

अमेरिकन प्रहरीका अनुसार आक्रमणकारीले पहिले लामिछानेमाथि भौतिक आक्रमण गरेको थियो । त्यसपछि गोली प्रहार गरेको कोलोराडोस्थित हुइट्रिज प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा २६ वर्षीय स्वानाथन डि एन्जेलो छन् । लामिछानेको नेपालमा घर तनहुँको दमौलीमा पर्छ । उनी कन्भिनियन्स स्टोरका मालिक हुन् । लामिछाने ८ वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका थिए ।

Published : Monday, 2023 January 9, 11:06 am

फेसबुकबाट तपाईको प्रतिक्रिया